वचन पूरा गर्दै विष्टले दिए पोख्रेबुङ उमाविलाई स्कुल बस

0
462

कालेबुङ, मार्चः गोरुबथान ग्राम पञ्चायत अन्तर्गत माङ्जिङमा रहेको पोख्रेबुङ उच्चतर माध्यमिक विद्यालयलाई दिएको वचन सांसद राजु विष्टले पूरा गरेका छन्।

पछिल्लो वर्षको मार्च महिनमा माङ्जिङको भ्रमणमा जाँदा पोख्रेबुङ उच्चतर माध्यमिक विद्यालयमा अध्ययन गर्ने टाढा टाढाका विद्यार्थीहरूका लागि स्कुल बस दिने विष्टले वचन दिएका थिए, सो वचन उनले आज पूरा गरे।

ग्रामीण क्षेत्रमा रहेको यस स्कुलमा टा-टाढाका विद्यार्थीहरू पढ्ने गर्छन्, उनीहरूलाई स्कुल आउजाउ गर्न विघ्नै समस्या हुने कुराबारे शिक्षणकर्मीहरूले सांसदलाई अवगत गराएका थिए।

आज यस स्कुलका प्रधान अध्यापक प्रवीण घिसिङलाई विष्टले बस प्रदान गरे।

यस अवसरमा स्कुलका सह प्रधानअध्यापक विनोद छेत्री र अन्य शिक्षणकर्मी पनि उपस्थित थिए।

यसैबिच, उनले दार्जिलिङ पहाडका दुर्गम क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्न र जनतासँग गरेका प्रतिबद्ध सबै पूरा गर्ने दाबी पनि गरेका छन्।

यसअवसरमा भाजपा दार्जिलिङ जिल्ला कमिटी उपाध्यक्ष एलएम लामा, निम-पोख्रेबुङ मण्डलका नेता दुर्ग खड्का लगायत अन्य उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here