सिलगढ़ी, ६ अप्रेलः कालेबुङका कोरोना सङ्क्रमित १० जनामध्ये चारजनाको दोस्रो टेस्ट नेगिटिभ आएको छ।
आज राज्य सचिवालयमा नवान्नमा पत्रकारहरूलाई कोभिड-१९ बारे सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो जानकारी गराएकी हुन्।
जानकारीका अनुसार कोरोना भाइरसको कारण मृत्यु भएकी कालेबुङनिवासी महिलाका सिलगढ़ीमा रहेका परिवारका चार सदस्यको दोस्रो टेस्ट नेगिटिभ आएको हो।
पछिल्लो १ अप्रेलका दिन यी चारजनाको रिपोर्ट पोजिटिभ आएको थियो भने हिजो पुनः उनीहरूको दोस्रो टेस्ट गरिएको थियो। छिटो छिटो निको भइरहेका उनीहरूको दोस्रो टेस्ट नेगिटिभ आएको छ।
अर्कोतिर, पछिल्लो २ अप्रेलका दिन पोजिटिभ रिपोर्ट आएको कालेबुङका अन्य ६ जनाको दोस्रो टेस्ट आज गरिने बताइएको छ।