दार्जिलिङ, ६ अप्रेलः स्थायी राजनीतिक समाधानको ड्राफ्ट बनाउने कार्य भइरहेको गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले जानकारी गराएका छन्।
साथै यो ड्राफ्ट प्रस्ताव चाँडै राज्य सरकारले बुझाइने पनि उनले बताएका छन्।
गिरीका अनुसार गोर्खा जनमुक्ति मोर्चाले जाति हितार्थ र मुद्दाका लागि निरन्तर कार्य गर्नेछ।
अर्कोतर्फ आज पार्टी अध्यक्ष विमल गुरुङको अध्यक्षतामा बसिएको केन्द्रीय समितिको बैठकमा के प्रधान, शैलेन्द्र छेत्री, शान्ति छेत्री, अङ्मु छिरिङ भोटिया, पीएस दर्नाल, काजी शेर्पा, नर्बु छिरिङ भोटिया र भक्त दियालीलाई केन्द्रीय समिति सदस्यका रूपमा मनोनीत गरिएको पनि गिरी थप जानकारी गराएका छन्।