वाहनसँग ठोकिँदा टोय ट्रेनले लीक छोड़्यो, डीएचआर प्रशासनले वाहनका मालिकविरुद्ध मुद्दा दर्ता गर्ने

0
1708
वाहनसँग ठोकिँदा लीक छोड़ेको वाष्पचलित टोय ट्रेन।

दार्जीलिङ, ६ मई : एउटा ‘आई-१०’ कारको कारण टोय ट्रेन लीक बाहिर हुनपऱ्यो। यो घटना सोमबार करिब १:४० बजे दार्जीलिङको डाली नजिक भएको हो। जानकारीका अनुसार जोय राइड गरी घूम रेलवे स्टेशनबाट दार्जीलिङबाट फर्किरहेको बेला डाली नजिककै ग्यारेजबाट निकालिरहेको आई-१० कारसँग ठोकिँदा टोय ट्रेनले लीक छोड़ेको हो।

दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) प्रशासनका अनुसार ट्रेनमा २७ जना यात्रु थिए। यद्यपि कसैलाई पनि कुनै प्रकारको चोटपटक नलागेको तथा सबै यात्रु सुरक्षित रहेको बताइएको छ।

अर्कोतिर डीएचआर प्रशासनले आरोपी वाहनका मालिकविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ। ट्रेनको धक्काले कारलाई धेरै क्षति पुगेको छ। यो दुर्घटनाले आज  अपरान्ह ४.२० र ४.३० बजेको गरी दुईवटा जोय राइडलाई रद्द गऱ्यो। डीएचआर प्रशासनले बताएअनुसार ४.२० बजेको जोय राइडमा ५५ तथा ४.३० बजेको जोय राइडका लागि ६६ पर्यटकले बुकिङ गरेका थिए। यद्यपि सबैको पैसा फर्काइएको छ भने भोलि पुनः बुकिङ गर्ने ती पर्यटकहरूलाई रेलवे प्रशासनले अनुरोध गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here