पहाड़मा कोरोना सङ्क्रमण प्रतिदिन बढ़्दै, उच्च सतर्कता अत्यावश्यक

0
961

दार्जीलिङ, 6 मईः पछिल्ला दिनयता दिन दार्जीलिङ पहाड़मा कोरोनाको सङ्क्रमण बढ़िरहेको छ। यो बढ़्दो कोरोना सङ्क्रमणलाई रोकथाम गर्नका लागि उच्च सतर्कता र सुरक्षा उपाय अत्यावश्यक देखिएको छ।

आज दार्जीलिङ नगरपालिका क्षेत्रबाट 16, सुकनाबाट 45, खरसाङ नगरपालिका क्षेत्रबाट 28, मिरिकबाट 27, बिनजबारीबाट 14, सुकेपोखरीबाट 4 र तकदा क्षेत्रबाट 2 वटा नयाँ मामिला पुष्टि भएको छ।

समग्रमा दार्जीलिङ जिल्लाबाट आज 693 नयाँ मामिला प्रकाशमा आएको छ, जसमा दार्जीलिङ जिल्लाअन्तर्गत पर्ने सिलगढ़ी नगरनिगमका वार्डहरूबाट 196, खोरीबारीबाट 30, मतिगढ़ाबाट 120, नक्सलबारीबाट 141 र फाँसीदेवाबाट 70 नयाँ मामिला रहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here