सिलगढ़ी, 6 जुलाई : उत्तरबङ्ग विश्वविद्यालयको होस्टेलमा एक छात्राले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्ने कोशिश गरेको घटना प्रकाशमा आएको छ। जानकारीका अनुसार गम्भीर अवस्थामा ती छात्रालाई अस्पतालमा भर्ती गरिएको छ। आत्महत्याको कोशिश गर्ने छात्राको नाम लिपिका रोय (21) बताइएको छ। उनी एमएससी (गणित)-की विद्यार्थी हुन्।
जानकारीका अनुसार शनिबार बिहान होस्टेल गार्डले ती छात्रा चिच्चाएको सुनेपछि घटना प्रकाशमा आएको हो। गार्डले तत्कालै घटनाबारे अन्य विद्यार्थीहरूलाई सूचित गरेका थिए। त्यसपछि तुरुन्तै एम्बुलेन्स बोलाएर ती छात्रालाई उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको थियो।
उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल सूत्रका 80 प्रतिशत शरीर जलेको अनुसार ती छात्राको अवस्था गम्भीर छ। उनको घर कोचबिहार बताइएको छ। के कारण उनले आत्महत्याको कोशिश गरेकी हुन्, त्यसबारे अहिले नै खुलासा हुनसकेको छैन।