क्रामाकपाले दोहोऱ्यायो-भाजपाले स्थायी राजनीतिक समाधानको वाचा छिटो पूरा गरून्

0
1468
गोविन्द छेत्री।

दार्जीलिङ, ६ जुलाईः भारतीय जनता पार्टी (भाजपा)-ले आफ्नो सङ्कल्प पत्रमा गोर्खाहरूका लागि गरेको प्रतिबद्धतालाई पूरा गरिहाल्नु पर्ने मागलाई क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले दोहोऱ्याएको छ।

आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता गोविन्द छेत्रीले भाजपाले आफ्नो वाचा गर्ने कुरामा क्रामाकपा विश्वस्त रहेको त बताए। तर यो वाचा चाँड़ो पूरा गर्नुपर्ने माग पनि दोहोऱ्याए।

छेत्रीका अनुसार आउँदो वर्ष हुने बङ्गाल विधानसभा चुनाउअघि नै भाजपाले स्थायी राजनीतिक समाधानको वाचा पूरा गर्नुपर्नेछ। नभए दार्जीलिङ पहाड़बाट भाजपा निमिट्यान्न भएर जानेछ।

अर्कोतिर स्थायी राजनीतिक समाधानमार्फत् छुट्टै राज्य गोर्खाल्यान्ड नै हुनुपर्ने तथा यसबारे भाजपाअघि स्पष्टसँग क्रामाकपाले आफ्नो अड़ान राखेको पनि उनले बताए।

यसैगरी भाजपाले स्थायी राजनीतिक समाधानबारे के सोचेको छ, त्यसबारे खुलस्त पार्नुपर्ने बताए। छेत्रीका अनुसार यसै विषयलाई लिएर क्रामाकपाले अघिबाटै देशका प्रधानमन्त्री र गृहमन्त्री, दार्जीलिङका सांसद र पश्चिम बङ्गालका भाजपा अध्यक्षलाई पत्राचार गरिसकेको छ।

“स्थायी राजनीतिक समाधान ११ जातगोष्ठी हो भनेर भाजपाले भन्छ भने हामी मान्दैनौं। किनभने राजनीतिक समाधान भनेपछि जातिको चिनारीका सवालहरू आउँछन्”, उनले थपे, “त्यसैले हामी भन्दैछौं, स्थायी राजनीतिक समाधानका लागि भाजपाले के सोचेको छ, त्यो जनताअघि खुलस्त पार्नुपर्छ।”

यसैबीच गोविन्द छेत्रीले अहिलेसम्म क्रामाकपाले कसैलाई सघाउँदा गोर्खाल्यान्डको मुद्दाबाहेक अन्य मुद्दाका लागि नसघाएको दाबी पनि गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here