दार्जीलिङमा महिला डाक्टरसहित दुईजना कोरोना सङ्क्रमित

0
3393
चौरस्ता, दार्जीलिङ।

दार्जीलिङ, ६ जुलाईः आज (सोमबार) दार्जीलिङ शहर वरिपरिकी एक महिला डाक्टर र एक हजाम कोरोना सङ्क्रमित बनेको पुष्टि भएको छ। जसको रिपोर्ट पोजिटिभ आउन साथ आज नै उनीहरू दुवैलाई उपचारका लागि दार्जीलिङबाट सिलगढ़ी लगिएको छ।

दार्जीलिङ सदर अस्पतालकी ३० वर्षीय शिशु विशेषज्ञ महिला डाक्टर गत केही सप्ताहअघि कलकत्ताबाट दार्जीलिङ फर्किएकी थिइन्। त्यसैगरी कोराना सङ्क्रमित पाइएका ३९ वर्षीय हजाम दुई दिनअघि मात्र बिहारबाट दार्जीलिङ आएर होम क्वारेन्टाइनमा थिए।

बिहारबाट फर्केलगत्तै होम क्वारेन्टाइनमा रहेकाले ती हजाम अन्यको सम्पर्कमा नआएको बताइएको छ।

यद्यपि दार्जीलिङ सदर अस्पतालकी शिशु विशेषज्ञ ती डाक्टरले यो समयावधिभित्र रोगीहरूलाई हेरे/नहेरेको अहिले नै स्पष्ट भएको छैन।

यसैबीच, जानकारीका अनुसार उनी पनि होम क्वारेन्टाइनमा थिइन्।

अर्कोतिर उनीहरूको सम्पर्क को को आए/आएन भन्ने जानकारी बटुल्नका लागि जुटाउन जिल्ला प्रशासन अनि सम्बन्धित निकायहरू लागिपरेका छन्।

हालसम्म दार्जीलिङदेखि केही टाढ़ाका स्थानहरूमा मात्र कोरोना सङ्क्रमितहरू पाइएका कारण दार्जीलिङ शहरका मानिसहरू त्यति भयभित बनेका थिएनन्। यसैले पनि दार्जीलिङ शहरमा दैनिकरूपमा नै मानिसहरूको गतिलै भीड़ लाग्ने गरेको थियो।

तर, आज एकैसाथ दार्जीलिङ शहर वरिपरि नै दुईजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि यहाँका आम मानिसहरूमा निकै डर फैलिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here