विमलपन्थी मोर्चा टोलीले भेट्यो पीडब्ल्यूडी मन्त्री-सड़कको शीघ्र मरम्मतीको माग

0
1026

दार्जीलिङ, ७ जुलाईः विमलपन्थी मोर्चाको एक टोलीले राज्यका पीडब्ल्यूडी एवं कानून मन्त्री मलय घटकसँग भेट गरी बर्खा झरीले क्षति पुऱ्याएका सड़कहरूका शीघ्र मरम्मतीको माग गरेको छ।

पार्टी महासचिव रोशन गिरी, कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भुजेल र युवा मोर्चा केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ सम्मिलित टोलीले मन्त्री घटकलाई आज भेट गरेको हो।

यसअवसरमा उनीहरूले बर्खे झरीले क्षति पुऱ्याएका पीडब्ल्यूडी अधीनस्थ सड़क र राष्ट्रिय राजमार्गहरूलाई चाँड़ोभन्दा चाँड़ो मरम्मती गर्नुपर्ने माग गरे भने मन्त्री मलय घटकले राज्य सरकारको पक्षबाट यस कुरालाई सकारात्मक रूपमा लिएर काम गर्ने प्रतिश्रुति दिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here