विनयपन्थी नारी मोर्चाको सभा, सङ्गठनलाई थप बलियो बनाउन जोड़

0
1212

खरसाङ, ६ जुलाईः विनय तामाङपन्थी गोर्खा जनमुक्ति नारी मोर्चा (गोजनामो) खरसाङ टाउन कमिटीको आज एक सभा बसियो।

पछिल्लो विधानसभा चुनाउमाथि मन्थन गर्नहेतु यो सभा डाकिएको बताइएको छ।

यस सभामा विशेषगरी पार्टी महासचिव अनित थापा र नारी मोर्चा अध्यक्ष छिरिङ दाहालको विशेष उपस्थिति रहेको थियो।

सभामा नारी मोर्चालाई नवीनीकरण गर्ने विषयमा चर्चा परिचर्चा गरिएको थियो। साथै नारी मोर्चालाई थप बलियो बनाउने कुरामा जोड़ दिइयो।

नारी मोर्चा टाउन कमिटी अध्यक्ष सविता कार्कीले आजको सभाम पार्टीका महासचिव अनित थापा र नारी मोर्चाका अध्यक्षा छिरिङ दाहालको उपस्थितिले सङ्गठनलाई ऊर्जा मिलेको र अब थप बलियो भएर आउने बताइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here