सेप्टेम्बरको पहिलो साता त्रिपक्षीय वार्ता!

0
1055

दार्जीलिङ, ६ अगस्तः भाजपाले आफ्नो सङ्कल्प-पत्रमा वाचा गरेको स्थायी राजनीतिक समाधानहेतु आउँदो सेप्टेम्बर महिनाको पहिलो साता त्रिपक्षीय वार्ता बोलाउने केन्द्रीय गृहमन्त्री अमित शाहले आश्वासन दिएका छन्।

आज दार्जीलिङका सांसद राजु बिष्ट, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)  अध्यक्ष मन घिसिङ, क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) अध्यक्ष आरबी राई, भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष कल्याण देवान, दार्जीलिङका विधायक नीरज जिम्बा र खरसाङका विधायक बीपी बजगाइँ सम्मिलित टोलीलाई गृहमन्त्री शाहले त्रिपक्षीय वार्ता बोलाउने आश्वासन दिएका हुन्।

सांसद बिष्टको नेतृत्वमा यो टोलीले आज गृहमन्त्रीसँग भेटवार्ता गरी भाजपाले आफ्नो सङ्कल्प-पत्रमा गरेको वाचालाई पूरा गर्न शीघ्र वार्ता गरिनुपर्ने माग गरेको थियो।

यसैबिच सांसद राजु बिष्टले बताएअनुसार सेप्टेम्बर महिनाको पहिलो सातादेखि दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधनका लागि आधिकारिक त्रिपक्षीय वार्ता शुरू हुने आज गृहमन्त्री प्रतिनिधि टोलीलाई आश्वासन दिएका छन्।

साथै आउँदो एक साताभित्र गृह मन्त्रालयले वार्ताका लागि आधिकारिक वार्ता पठाउने पनि गृहमन्त्रीले आश्वासन दिएको बिष्टले जानकारी गराए।

उनले आज गृह मन्त्रीसँग भएको बैठकलाई अत्यन्त फलप्रद मात्र बताएनन् तर ठूलो उपलब्धि पनि रहेको दावी गरे।

बिष्टका अनुसार त्रिपक्षीय वार्ता स्थायी राजनीतिक समाधानकै लागि हुनेछ।

उल्लेखनीय छ, यसपटकको त्रिपक्षीय वार्ताको पत्र गृह मन्त्रालयले आधिकारिक पठाउने, वार्ताको रेकर्ड राखिने तथा पीआईबीमा प्रेस नोट समेत जारी गरिने बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here