उपराष्ट्रपति चुनाउमा जगदीप धनखडको जीत, बने देशका १४औँ उपराष्ट्रपति

0
829

नयाँ दिल्ली, ६ अगस्तः जगदीप धनखड देशका १४औँ उपराष्ट्रपति बनेका छन् ।

एनडीए उम्मेदवार जगदीप धनखडले विपक्षकी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गरी उपराष्ट्रपति निर्वाचित भएका हुन्।

जगदीप धनखडले ७२५ मध्ये ५२८ मत प्राप्त गरे, जबकि विपक्षी उम्मेदवार मार्गरेट अल्वाले केवल १८२ मत प्राप्त गरिन्।

उपराष्ट्रपति निर्वाचित भएका धनखडलाई राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य शीर्ष नेताहरूले बधाई दिएका छन्।

यसैबिच, दार्जिलिङका सांसद राजु विष्टले पनि दार्जिलिङ पहाड, तराई एवं डुवर्सका जनताका तर्फबाट जगदीप धनखडलाई यस जीतका लागि बधाई दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here