सञ्जीव लामा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष नियुक्त

0
22

दार्जिलिङ, ६ अगस्तः सञ्जीव लामा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कमिटाका अध्यक्ष नियुक्त भएका छन् ।

लामालाई आज ६ अगस्तका दिन यस पदमा नियुक्त गरिएको हो ।

अब उनले कल्याण देवानको स्थान लिनेछन् ।

यसभन्दा अघि सञ्जीव लामा भाजपा दार्जिलिङ जिल्ला कमिटीका प्रवक्ता एवम् राज्य कमिटी सदस्य पदमा थिए ।

दार्जिलिङ कमिटी अध्यक्ष पदमा नियुक्त भएका लामालाई जिल्ला कमिटीले बधाई दिएका छन् ।

यसैबिच जीटीएका सभासद् विनय तामाङले पनि सञ्जीव लामालाई बधाई एवम् शुभकामना दिँदै सञ्जीव लामाका कार्यकालमा दार्जिलिङ पहाड अनि गोर्खा जातिका लागि फलप्रद हुने कुरामा आफू आश्वस्त रहेको बताएका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here