कालेबुङ, ६ सेप्टेम्बरः पैह्रोका कारण २९ माइलमा फेरि राष्ट्रिय राजमार्ग १० बन्द भएको छ।
आज बिहानीपख झरेको हिले पैह्रो सडकमा थुप्रिएका कारण यातायात बन्द भएको हो।
पैह्रो सोहोर्ने कार्य धमाधम भइरहेकाले यातायात सुचारू हुन एक-दुई घण्टा समय लाग्ने बताइएको छ।
यातायात बाधित भएकाले दुवैतर्फ गाड़ीहरूका लामो जाम लागेको छ।
उल्लेखनीय छ, पछिल्लो केही वर्षयता २९ माइलको हिले पैह्रोका कारण घरी घरी राष्ट्रिय राजमार्गमा यातायात बाधित हुनेगरेको छ। यस वर्ष पनि धेरै पटक यहाँ यातायात बाधित भइसकेका छन्।