कालेबुङ, ६ सेप्टेम्बरः गोरामुमो अध्यक्ष मन घिसिङले अजय एड्वर्डमाथि कुनै प्रतिक्रिया गर्न चाहेनन्।
आज कालेबुङ भ्रमणमा आएका मन घिसिङले पत्रकारहरूले अजय एड्वर्डको राजीनामा र आरोपमाथि प्रश्न सोधेका थिए।
“म मिडियामा यी कुराहरू (अजय एड्वर्डका कुराहरू)-माथि कमेन्ट गर्न चाहँदिनँ। समयमा म बोलेको हुन्छ। अहिले ध्यान दिनुपर्ने कुरा भनेको त्रिपक्षीय वार्ता हो। यसमा फोकस गर्नुपर्छ।”
उनले एड्वर्डमाथि प्रतिक्रिया व्यक्त गर्न नचाहे पनि राजनीतिमा आरोप-प्रत्यारोप पनि चलिरहने पनि बताए।
अर्कोतिर, अहिलेसम्म चिट्ठी नआए पनि यसै सेप्टेम्बर महिनाभित्र त्रिपक्षीय वार्ता हुने ठोकुवा गरे।
उनका अनुसार दिल्लीमा वार्ताको ढोकाको खुलेको छ। घिसिङका अनुसार यो अवसर हो। यसैले सबैको फोकस वार्तामाथि हुनुपर्छ।
“मेरो फोकस अहिले दिल्लीमा छ। हामीले के काम गरिरहेका छौँ, त्यो जनता थाह छ”, मन घिसिङले भने।