घरेलु टेस्टमा बेस्ट इन्डिया, वेस्टइन्डिजविरुद्ध रेकर्ड जीत

0
1123
वेस्टइन्डिजविरुद्ध पहिलो टेस्टमा रेकर्ड जीत दर्ता गरेपछि उल्लासित टीम इन्डियाका खेलाड़ीहरू।

राजकोट, 6 अक्टोबर :  आफूभन्दा कमजोर र अनुभवहीन वेस्ट इण्डिजविरुद्ध टीम इण्डियाले रेकर्ड जीत दर्ता गरेको छ। राजकोटमा सधैँ उच्च प्रदर्शन गर्ने भारतले आज टेस्टमा आफ्नो बेस्ट प्रदर्शन गर्दै पहुना टीमलाई इनिङ्ग्स र  272 रनको फराकिलो अन्तरले पराजित गऱ्यो।
टेस्ट क्रिकेटमा भारतको यो सबैभन्दा फराकिलो जीत हो। पहिलो इनिङ्ग्समा 196 रन मात्र सङ्ग्रह गरेपछि फलोअन खेल्न बाध्य क्यारेबियन ब्याट्सम्यानहरूले दोस्रो इनिङ्ग्समा पनि केवल 181 रन सङ्ग्रह गरी अलआउट भएपछि यो ठूलो हार बेहोरेको हो।
विकेट लिएपछि उल्लासित कुलदीप यादव।
दोस्रो इनिङ्ग्समा वेस्ट इन्डिजका देब्रे हातका ओपनिङ ब्याट्सम्यान कैरन पावेलले सर्वाधिक 83 रन बनाए। उनलाई छोड़ेर अन्य कुनै ब्याट्सम्यानले ठूलो रन बनाउन सकेनन्। भारतीय स्पीनरअघि असहाय देखिएका वेस्टइन्डिजका ब्याट्सम्यानहरू क्रमैले कप्तान क्रैग ब्रेथवेट (10),  साइ होप्स (17), शिमरोन हैटम्यारले (11), सुनिल एम्ब्रिस (0),  रोस्टन चस (20),  किमो पाउल (15), देवेन्द्र बिसु (9), शेरमन लुइस (4) र  शेनन ग्राबियल (4) सस्तोमै आउट भए।
डेब्यु टेस्ट म्याचमै शतक बनाउने युवा पृथ्वी शा
भारतका लागि युवा लेग स्पीनर कुलदीप यादवले 5, रवीन्द्र जडेजाले 3 र रविचन्द्र अश्विनले 2 विकेट लिए।
यसभन्दा अघि पहिलो इनिङ्ग्समा वेस्टइन्डिज 196 रन सङ्ग्रह गरी गुट्मुटिएको थियो। पहिलो इनिङ्ग्समा भ्रमणकारी टीमका लागि रोस्टन चसले 53 र किमो पाउलले 47 रनको उपयोगी रन बनाएका थिए। वेस्टइन्डिजको पहिलो इनिङ्ग्समा भारतको तर्फबाट अफ् स्पीनर अश्विनले 4, मोहम्मद सामीले 2 तथा उमेश यादव, रवीन्द्र जडेजा र कुलदीप यादवले समान एक-एक विकेट लिएका थिए।
टेस्ट क्रिकेटको नम्बर वान् टीम टीम इन्डियाले टस जितेर पहिलो ब्याटिङ गर्दै  विराट कोहली (139), युवा पृथ्वी शाह (134), रवीन्द्र जडेजाको (नट्आउट 100) र रिषभ पन्तको विस्फोटक 92 रनको उत्कृष्ट ब्याटिङको सहयोगमा 9 विकेटको क्षतिमा 649 रन बनाएर इनिङ्ग्स घोषणा गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here