रातो मोह

0
998
  • योगिता राई

“मलाई रातो रङ मनपर्छ ।

रेड इज भाइ फेवरेट कलर ।”

उसले भनेदेखि नै हो

मलाई रातो रङमा डाह जागेको ।

किन फुल्छ हँ यो गुराँस रातै भएर ?

किन पोल्छ हँ यो रातो रङले गुलाफ भएर ?

जान्छु अब ।

गएर देखाइदिन्छु

उसलाई एकपटक

यो मुटुको रङ ।

तर –

त्योभन्दा पहिला ।

यति अवश्यै भन्नेछु ।

म परेँ यादको लतमा परिसकेको मान्छे ।

यो मुटुजस्तै रक्तिम

तिम्रो सम्झनाको

सर्कै पछिको सर्को तानेर

बेस्मारी मातेका

राता राता यी आँखाका रङ हेर त !

आरन्ट दे योर फेवरेट?

हँ ?

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here