४० -की बिपाशा

0
1748
बिपाशा बसु (फाइल फोटो)।

जन्मदिन विशेष

बलिवुडकी हट अभिनेत्री बिपाशा बसुको आज जन्मदिन हो।  उनी ४० वर्षकी भइन्। बिपाशा बसु ‘हरर’ फिल्मको कारण बलिवुड चिनिने एक अभिनेत्री हुन्। साथै उनले ‘लभ अफेयर्स’ –को कारण पनि धेरै चर्चा पाइन्। अहिलेघरी यी कामुक अभिनेत्री फिल्मबाट टाढ़ा छिन्। यद्यपि उनी सोशल मीडियामा सधैँ एक्टिभ रहनेगर्छिन्।

बिपाशा बसुको जन्म दिल्लीमा एक बङ्गाली परिवारमा भएको थियो। उनी ती एकाध एक्ट्रेसमध्ये एक हुन्, जो आफ्नो ‘बोल्डनेस’-को कारण चिनिनेगर्छन्, तर विपाशाको एक्टिङ र इण्टेलिजेन्सी पनि गजबको छ।

मोडलिङबाट करिअरको शुरुआत

अभिनेता अर्जुन रामपालकी पत्नी एवं चर्चित मोडल मेहर जेसियाले विपाशालाई मोडलिङमा आउने सुझाउ दिएकी हुन्। जेसियाकै कुरा खाएर उनले करिअरको शुरुआत मोडलिङबाट गरेकी हुन्। मोडलिङकै बाटो हिँड़ेर विपाशा पछि बलिवुडमा आइन्।

बलिवुडमा डेब्यु

बिपाशाले सन् २००१ –मा थ्रिलर मूभी ‘अजनबी’-बाट बलिवुडमा डेब्यू गरेकी थिइन्। यो फिल्ममार्फत नै उनले ‘बेस्ट फिमेल डेब्यु’-का लागि फिल्मफेयर अवार्ड पाइन्। यसपछि उनले सुपरहिट हरर फिल्म ‘राज’ (२००२)-मा काम गरिन्। यो फिल्म उनको जीवनका लागि टर्निङ पोइण्ट थियो। यो फिल्मका लागि उनको धेरै प्रशंसा र चर्चा भयो। यसपछि उनले ‘जिस्म’ (२००३), ‘नो इण्ट्री’ (२००५), ‘करपोरेट’ (२००६), ‘फिर हेरा फेरी’ (२००६), ‘धूम-२’ (२००६) र ‘रेस’ (२००८) जस्ता चर्चित फिल्महरूमा काम गरिन्।

करण ग्रोवरसँग विवाह

बिपाशाको लास्ट फिल्म ‘अलोन’ (२०१५) हो। यो फिल्मपछि उनले आफ्नो जीवनसाथी पाइन्। करणसिंह ग्रोवर टीभीका एक चर्चित अनुहार हो। करणले २०१५-मा अलोनमार्फत् बलिवुडमा डेब्यु गरेका थिए। यो फिल्ममा करण बलिवुडकी हट एक्ट्रेस बिपाशासँग रोमान्स गरिरहेको देखिए। यो फिल्ममा दुवैले धेरै ‘बोल्ड सीन’ पनि दिए।

यसपछि दुवैको अफेयरको चर्चाले मार्केट धेरै पायो। यद्यपि मीडियाबाट जोगिएर हिँड़िरहेकी बिपाशाले सबैलाई चकित पार्दै करणसिंह ग्रोवरसँग विवाह गर्न गइरहेको कुरालाई सबैअघि खुलाइन्। करण-बिपाशाले ३० अप्रेल २०१६ –मा विवाह गरे।

को कोसँग अफेयर?

डीनो मारिया : बिपाशाको सबैभन्दा पहिला नाम डीनो मारियासँग जोड़ियो। यी दुईको जोड़ीलाई दर्शकहरूले फिल्ममा धेरै रूचाए। दुवैले ‘राज’, ‘इश्क है तुमसे’ ‘रक्त’ र ‘गुनाह’-जस्ता फिल्ममा सँगै काम गरे। राज एक हरर फिल्म थियो। दर्शकहरूले यो फिल्मलाई अत्यधिक रूचाए, तर अचानक यी दुई छुट्टिए।

जोन अब्राहम : बिपाशा बसुको सबैभन्दा लामो प्रेम अभिनेता जोन अब्राहमसँग चल्यो। दुवैले फिल्म ‘जिस्म’ –मा सँगै काम गरे। यो फिल्ममा दुवै केही बोल्ड सीन पनि दिएका थिए। जोन र बिपाशाले विवाह गर्ने चर्चा पनि नचुलिएको होइन, तर ९ वर्षसम्म प्रेम गरेपछि विवाह गर्नको सट्टामा दुवै छुट्टिए। यसैबीच जोन अब्राहमले अर्कैसँग विवाह गरे।

हरमन बावेजा :  हरमन बावेजा र बिपाशा बसुले फिल्म ‘क्रियेचर थ्रीडी’-मा सँगै काम गरेका थिए। दुवैले विवाह गर्ने खबर पनि मीडियामा चुहिरहेको थियो, तर यस्तो खबरबीचै अचानक दुवै छुट्टिए।

राणा दग्गुबाती : बिपाशाको अफेयरको चर्चा अभिनेता दग्गुबातीसँग पनि चल्यो। दुवैले फिल्म ‘दम मारो दम’-मा सँगै काम गरेका थिए। यद्यपि यो अफेयरको खबरबारे दुवैको तर्फबाट कुनै प्रतिक्रिया आएन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here