कालेबुङ, ७ जनवरीः विमल गुरुङलाई कालेबुङमा पुनः झट्का लागेको छ।
गोजमुमो कालेबुङ जिल्ला समितिका प्रवक्ता भुवन पी. खनाल र युवा मोर्चा सहसचिव अभिषेक मोथेले पार्टीबाट राजीनामा दिएका छन्।
दुवैजना आज एकैसाथ राजीनामा दिएका हुन्।
उल्लेखनीय छ, केही महिनायता गोजमुमो छाड़्नेहरूका सङ्ख्या बाक्लिँदै गइरहेको छ।
केही सक्रिय र कर्मठ कार्यकर्ताहरूले अघिबाटै राजीनामा दिइसकेका छन्।