डीटी लेप्चा सिक्किमबाट राज्यसभामा भाजपाका उम्मेदवार

0
645

गान्तोक, ७ जनवरीः भारतीय जनता पार्टी (भाजपा)-ले नाथोङ-माछोङका विधायक डीटी लेप्चालाई सिक्किमबाट राज्यसभाका उम्मेदवार बनाएको छ।

पाँच पटकका विधायक लेप्चा राज्यका पूर्व मन्त्री पनि हुन्। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) त्यागेर उनी २०१९ मा भारतीय जनता पार्टीमा सामेल भएका थिए।

सिक्किममा राज्यसभाका लागि आगामी १९ जनवरीका दिन मतदान हुनेछ।

यसैबिच प्रदेश भाजपा अध्यक्ष डीआर थापाले डीटी लेप्चालाई सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको पनि समर्थन रहेको बताए।

थापाको वयानले स्पष्ट पार्छ – यसपटक राज्यसभामा सिक्किमका सांसद भाजपाको हुनेछ।

लेप्चा सिक्किमका राजनीतिमा एक दिग्गज नेता हुन्।

उनी पहिलोपटक १९९४ सालमा तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीको पार्टी सिक्किम सङ्ग्राम परिषदको टिकटमा साङ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यसपछि उनी १९९९, २००४, २०१४२०१९ मा सिक्किम डेमोक्रेटिक फ्रन्टको टिकटमा विधानसभा चुनाउमा निर्वाचत भए। पछिल्लोपटक अर्थात २०१५ देखि २०१९ सम्म लेप्चा चामलिङ सरकारमा यातायात मन्त्री थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here