ममता सरकारविरुद्ध अशोक भट्टाचार्य धरनामा बस्ने, उनले भने – राज्यले नगरनिगममाथि हस्तक्षेप गरी सङ्घीय संरचनाविरुद्ध कार्य गरिरहेछ

0
1183
सिलगढ़ीका मेयर अशोक भट्टाचार्य (फोटो साभार : इन्टरनेट)।

सिलगढ़ी, 7 फरवरी : सिलगढ़ी नगरनिगमका मेयर एवं सिलगढ़ीका विधायक अशोक भट्टाचार्यले तृणमूल सरकारविरुद्ध कोलकाताको मेट्रो च्यानलअघि धरना बस्ने घोषणा गरेका छन्।

बुधवार नगरनिगमको आफ्नो कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै भट्टाचार्यले राज्य सरकारले नगरनिगमलाई विकास कार्यमा सहयोग गर्नका सट्टामा उल्टै विभिन्न प्रकारले हस्तक्षेप गरिरहेको आरोप लगाए।

“म नगरनिगमको अधिकारका लागि राज्य सरकारसँग लड़ाइँ लड़्नेछु”, उनले थपे, “सिलगढ़ी नगर निगमको विकासमा राज्य सरकारद्वारा असहयोगविरुद्ध म कोलकाताको मेट्रो च्यानलअघि धरना बस्नेछु।”

उल्लेखनीय छ, यो मेट्रो च्यानल त्यो स्थान हो, जहाँ केन्द्र सरकारमाथि सङ्घीय संरचनामा हमला गरेको आरोप लगाउँदै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तीनदिनसम्म धरनामा बसेकी थिइन्। अब यसै स्थानमा उही ममता ब्यानर्जीको सरकारविरुद्ध अशोक भट्टाचार्य धरना बस्ने भएका छन्।

उनले भने, “राज्य सरकारले गैर तृणमूलशासित नगर निकायहरूलाई प्राप्त हुने राशि दिइएको छैन। विकासमा सहयोग गरिरहेको छैन। यसको विरोध हामी उनकै शैलीमा गरिनेछ।”

मेयर भट्टाचार्यका अनुसार नगर निगमको अधिकार क्षेत्रमा सिलगढ़ी-जलपाईगुड़ी विकास प्राधिकरण र उत्तर बङ्गाल विकास विभागद्वारा हस्तक्षेप गरिँदैछ।

“राज्य सरकारले नगर निगमका संवैधानिक अधिकारहरूलाई हनन गरिरहेको छ। राज्य सरकारद्वारा केही दिनएअघि प्रस्तुत गरिएको बजेटमा मिरिक नगरपालिकाका लागि राशि आवण्टनको प्रावधान गरिएको थियो”, मेयरले थपे, “तर सिलगढ़ी नगर निगमलाई पूर्ण रूपले आँखीओजेल गरियो। राज्य सरकारका कुछ केही द्वारा नगरनिगमको बोर्डलाई जानकारी नदिइकनै केही वार्डमा सोझै कार्य गरिँदैछ। राज्य सरकारको यो व्यवहार सङ्घीय संरचनाविरुद्ध छ।”

उनका अनुसार सिलगढ़ी नगरनिगमको कुल 1400 करोड़ रुपियाँ राज्य सरकारबाट पाउनु छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here