दार्जिलिङ, ७ फरवरीः गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङ नगरपालिका चुनाउका लागि उम्मेदवारहरूका पहिलो सूची जारी गरेको छ।
पहिलो सूचीमा १४ उम्मेदवारको नाम छ।
आज विमल गुरुङले सिंहमारीस्थित पार्टी कार्यालयबाट यी १३ जना उम्मेदवारको नामको घोषणा गरेका हुन्।
यति मात्र रहल अन्य वार्डमा पनि मोर्चाले उम्मेदवार दिने र उनीहरूका नामको घोषणा चाँडै गर्ने गुरुङले बताएका छन्।
उम्मेदवारको नामको घोषणा गर्दै विमलले सबैलाई शुभकामना दिए। साथै चुनाउ जित्ने उम्मेदवारहरूले जनताका हितमा वार्डको चौकीदार सहर काम गर्नुपर्ने बताए।
पार्टी उपाध्यक्ष आरपी वाइबाले पनि सबै उम्मेदवारलाई बधाई एवं शुभकामना दिँदै चुनाउ जित्नु मात्र ठूला कुरा नभएर जनता र वार्डका लागि राम्रो कार्य गर्नु पनि अनिवार्य कुरा रहेको बताए।
आज गोर्खा जनमुक्ति मोर्चाले घोषणा गरेका १४ जना उम्मेदवार क्रमैले वार्ड नम्बर ३ बाट पाल्मु यल्मो लामा, वार्ड नम्बर ५-बाट देवराज राई, वार्ड नम्बर ९-बाट सुनिता मोथे, वार्ड नम्बर १०-बाट ओङ्मु छिरिङ भोटिया, वार्ड नम्बर ११-बाट कामी शेर्पा, वार्ड नम्बर १७-बाट कृष्ण बर्मे, वार्ड नम्बर २१-बाट विनीता तामाङ, वार्ड नम्बर २२-बाट ज्ञाने सिंह, वार्ड नम्बर २४-बाट ध्रुव तामाङ, वार्ड नम्बर २७-बाट प्रवीण कालिकोटे, वार्ड नम्बर २८-बाट कल्पना तामाङ, वार्ड नम्बर २९-बाट मनोज थापा र वार्ड नम्बर ३०-बाट अम्बिका शर्मा रहेका छन्।