चुनाउअघि गोरामुमोमा पैह्रो : 56 घर गोरामुमो समर्थक गोजमुमोमा सामेल

0
1457
निर्माणकार्यको शिलान्यास गरिँदै।

खरसाङ, 7 मार्च : जति जति लोकसभा चुनाउ नजिक आउँदैछ, उति उति खरसाङ क्षेत्रमा विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) बलियो र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) कमजोर बन्दै जाँदैछ।

यसैक्रममा बिहीवार पङ्खाबारी क्षेत्रबाट गोरामुमो समर्थक 56 घर गोजमुमोमा सामेल भएको दाबी गरिएको छ।

लङ्भ्यु र पङ्खाबारी क्षेत्रमा गोरामुमोको जनाधार अन्य क्षेत्र हेरेर बलियो थियो, तर यो जनाधार केही महिनायता पात्लिँदै गइरहेको छ। पछिल्लो 22 फरवरीको दिन लङ्भ्यु चियाकमानबाट एक सयभन्दा गोरामुमो समर्थकले विनय तामाङ र अनित थापाको नेतृत्वलाई समर्थन जनाउँदै गोजमुमोमा सामेल भएका थिए।

आज गोजमुमो पङ्खाबारी शाखाको आयोजनमा स्थानीय खेल मैदानमा सम्पन्न एक कार्यक्रमबीच गोरामुमो समर्थक 56 घरले उक्त पार्टी त्यागेर गोजमुमोमा सामेल भएको बताइएको छ। कार्यक्रमलाई  भूतपूर्व सैनिक कुवीर प्रधानले अध्यक्षता गरेका थिए।

यसअवसरमा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)-का सदस्यद्वय अनु प्रधान र जैतुन निशा, खरसाङ महकुमा समितिका अध्यक्ष किशोर थापा, सङ्गठनिक सचिव दया देवान, समष्टि अध्यक्ष प्रणाम रसाइली र सचिव ललित प्रधानलगायत अन्य उपस्थित थिए।

कार्यक्रममकै अवसर सामुदायिक  भवन र पङ्खाबारीदेखि नयाँ गाउँ जाने बाटोको शिलान्यास पनि गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here