आन्दोलन छुट्टै राज्यका लागि भएको हो, कुनै व्यवस्थाका लागि होइनः प्रधान

0
504

कालेबुङ, ७ मार्चः गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले छुट्टै राज्य गोर्खाल्यान्डलाई छाडेर अन्य कुनै व्यवस्था स्वीकार नगर्ने किशोर प्रधानले पुनः दोहोऱ्याएका छन्।

किशोर प्रधान गोर्खाल्यान्ड एक्टिभिस्ट समूहका मुख्य संयोजक हुन्।

उनले भनेका छन् – “भारतीय गोर्खाहरूले अहिलेसम्म गरेका आन्दोलन छुट्टै राज्य गोर्खाल्यान्डका लागि हो। छैटौँ अनुसूची, जनजातिको मान्यता र सिक्किम-दार्जिलिङ विलयका लागि आन्दोलन भएको होइन। त्यसैले गोर्खाल्यान्डलाई छाडेर हामी अन्य कुनै व्यवस्था मान्नेछैनौँ।“

प्रधानका अनुसार यदि कसैले गोर्खाल्यान्डको सट्टा कुनै अन्य विषय उठाउँछ भने त्यो अरू कसैबाट प्रायोजित भएर आफ्नो स्वार्थ पूरा गर्न हो। यसैले स्वीकार गर्नु हुँदैन।

यसैबिच, उनले चुनाउको मुखमा गोर्खाल्यान्ड भन्नेहरू धेरै रहेको तर साँचो अर्थमा गोर्खाल्यान्डको सङ्घर्ष सडकमा गर्नेहरू भने कोही नरहेको पनि बताए।

साथै जनताले गोर्खाल्यान्डको पक्षमा भोट हाल्नुपर्ने पनि किशोर प्रधानले बताए।

यी कुरा बुझाउन गोर्खाल्यान्ड एक्टिभिस्ट समूह गाउँ गाउँ जाने पनि प्रधानले बताए।

आज गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले गोर्खाल्यान्डको औचित्य बुझाउँदै कालेबुङमा मानिसहरूलाई पर्चा वितरण गऱ्यो।

यो पर्चा वितरण आजदेखि सुरु भएको हो।

प्रधानले जानकारी गराएअनुसार पर्चा वितरण भोलि दार्जिलिङमा गरिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here