एसडीएफ नेतृ एवं पूर्व मन्त्री तिलु गुरुङलगायत अन्य एसकेएममा सामेल

0
468

गान्तोक, ७ अप्रेलः एसडीएफ नेतृ एवं राज्यकी पूर्व मन्त्री तिलु गुरुङ लगायत अन्य एसकेएममा सामेल भएका छन्।

हिजो एसडीएफबाट राजीनामा दिएर उनीहरू एसकेएममा सामेल भएका हुन्।

तिलु गुरुङबाहेक एसकेएममा सामेल हुने अन्यमा टीबी गुरुङ (सीएलसी सल्लाहकार एवं पूर्व पञ्चायत, (नाम्थाङ-रातेपानी),  डीके प्रधान (सीएलसी सल्लाहकार, नाम्थाङ-रातेपानी), सिलास सी. लेप्चा (पञ्चायत सेलका राज्यस्तरीय संयोजक एवं पूर्व पञ्चायत नाम्थाङ-रातेपानी), बिनु राई (सीएलसी चेली संयोजिका नाम्थाङ-रातेपानी), सरिता थापा (पूर्व सीएलसी चेली संयोजिका, नाम्थाङ-रातेपानी), यौवन गुरुङ (विद्यार्थी मोर्चाका सीएलसी संयोजक, नाम्थाङ-रातेपानी), विकास सुब्बा (पूर्व सीएलसी युवा उपसंयोजक नाम्थाङ-रातेपानी), डीकबहादुर गुरुङ (पूर्व पञ्चायत, नाम्थाङ-रातेपानी), सुरेश दाहाल, पूर्व सीएलसी महासचिव, नाम्थाङ-रातेपानी), छेसाङ लामा (सीएलसी सदस्य, नाम्थाङ-रातेपानी), श्याम तामाङ (सीएलसी सदस्य, नाम्थाङ-रातेपानी), सुकबहादुर तामाङ (सीएलसी सदस्य, नाम्थाङ-रातेपानी), केबी गुरुङ (सेवानिवृत्त सैनिक, माझीटार-रम्फु) र रोहित तामाङ (पाक्योङ) छन्।

उल्लेखनीय छ, चुनाउ जति जति नजिकिँदै जाँदैछ उति उति दल परिवर्तनका घटना पनि सिक्किममा बाक्लिँदै गइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here