कोलकाता, 7 मई : पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषको कन्भयमाथि हमला गरिएको खबर छ। जतिबेला घोषमाथि हमला भयो, त्यसबेला यी भाजपा नेताले पूर्वी मेदिनीपुरको खजुरीमा रोड शो गरिरहेका थिए।
आरोपका अनुसार घोषले रोड शो गरिरहेको बेला तृणमूल कार्यकर्ताहरू आएर ढुङ्गामूढ़ा शुरु गरे। तृणमूल कार्यकर्ताहरूको ढुङ्गामूढ़ामा भाजपाका धेरै कार्यकर्ताहरू घाइते भएको बताइएको छ। साथै दुईवटा वाहनको ऐना फुटेको छ।
घटनाको सूचना आएलगत्तै त्यहाँ पुलिस बल पुगेको छ। पुलिसले घटनाबारे जाँच शुरु गरेको छ। उल्लेखनीय छ, हिजो भाजपा नेतृ लकेट च्याटर्जीको वाहनलाई पनि तोड़फोड़ गरिएको छ। यो कन्भेयमा सामेल रहेका असमका भाजपा नेता हिमन्त विश्व शर्माले तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले रोड थुनेर ढुङ्गामूढ़ा गरेको तथा पुलिस प्रशासनले कुनै प्रकारको सहयोग नगरेको आरोप लगाए।
उनले बङ्गालमा तृणमूलका गुण्डाहरूले लगातार भाजपा कार्यकर्ताहरूमाथि हमला गरिरहेको पनि आरोप लगाएका छन्।
उल्लेखनीय छ, पछिल्ला केही दिनयता बङ्गालमा भाजपा कार्यकर्ता र नेताहरूमाथि हमला भइरहेको छ। यसभन्दा अघि पनि गत वर्ष दिलीप घोषमाथि हमला भएको थियो।