सांसदविरुद्ध पोस्टरिङ घृणा फैलाउने कोशिशः प्रताप खाती

0
1221
प्रताप खाती (फाइल फोटो)।

कालेबुङ, ७ मईः बुधवार राति सिलगढ़ीका कतिपय स्थानमा सांसद राजु बिष्टविरुद्ध टाँसिएको पोस्टरको अखिल भारतीय गोर्खा लिग नेता प्रताप खातीले तीखो शब्दमा निन्दा गरेका छन्।

यसका साथै उनले सांसदविरुद्ध बेनामी पोस्टर टाँस्नेहरूलाई पक्राउ गर्नुपर्ने अनुरोध सिलगढ़ीका पुलिस आयुक्तसँग गरेका छन्।

‘‘जसले पनि सांसद राजु बिष्टविरुद्ध यस्तो पोस्टर टाँस्ने काम गरेको छ, उनीहरूलाई पुलिसले छानबिन गरी पक्राउ गर्नुपर्ने हाम्रो अनुरोध छ’’, गोर्खा लिग नेता खातीले थपे, ‘‘किनभने सांसदविरुद्ध यस्तो पोस्टर टाँस्नु भनेको घृणा फैलाउने कोशिश गर्नु हो। घृणा फैलाउने मानिसहरूलाई पुलिसले पक्राउ गर्नुपर्छ।’’

उनका अनुसार सांसद राजु बिष्ट हराएका छैनन्। दिल्लीमै बसेर सांसदले सक्दो काम गरिरहेको यी गोर्खा नेताको दाबी छ।

‘‘सांसद राजु बिष्टले दिल्लीमै बसेर काम गरिरहेका छन्। उनले दार्जीलिङ पहाड़का लागि मात्र होइन, तर देशभित्र र बाहिर रहेका हाम्रा मानिसहरूका लागि प्रतिदिन काम गरिरहेका छन्’’, खातीले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here