मविरुद्धको पोस्टर तृणमूल कङ्ग्रेसको ‘फ्रस्टेशन’: राजु बिष्ट

0
1365
राजु बिष्ट (फाइल फोटो)।

दार्जीलिङ, ७ मईः आफूविरुद्ध टाँसिएको पोस्टरलाई सांसद राजु बिष्टले तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूको ‘फ्रस्टेशन’ संज्ञा दिएका छन्।

बुधवार राति सिलगढ़ीमा कतिपय स्थानमा उनीविरुद्ध पोस्टर टाँसिएको थियो। अङ्ग्रेजी र बाङ्ग्ला भाषामा टाँसिएको उक्त बेनामी पोस्टरमा ‘वान्टेड राजु बिष्ट’ र ‘एमपी राजु बिष्ट कहाँ छन्? जवाब देउ’ लेखिएको थियो।

यसै पोस्टर सन्दर्भमा प्रतिक्रिया व्यक्त गर्दै सांसदले आफूविरुद्ध टाँसिएको पोस्टरलाई तृणमूल कार्यकर्ताहरूको फ्रस्टेशन बताएका हुन्। उनका अनुसार यस पोस्टर पनि बङ्गालमा तृणमूल कङ्ग्रेसको विफतलालाई प्रमाणित गर्छ।

बिष्टका अनुसार अहिले वैश्विक महामारी बनेको कोरोना सङ्कटका बेला पनि तृणमूल कार्यकर्ताहरूले उनीमाथि व्यक्तिगत आक्रमण गर्दै यस प्रकारले पोस्टरहरू टाँसिरहेका छन्।

‘यो उनीहरूको निराशाको पराकष्ठ हो। किनभने सबैलाई थाह छ, म अहिले दिल्लीमा छु। दिल्लीमै बसेर मैले देशका विभिन्न स्थान र विदेशमा पनि समस्यामा परेका दार्जीलिङ, तराई र डुवर्सका मानिसहरूका लागि कार्य गरिरहेको छु’, उनले थप भनेका छन्, ‘वास्तवमा मेरो कार्यमाथि आक्रमण गर्न नसकेर उनीहरूले मेरो अनुपस्थितिमाथि आक्रमण गरेका हुन्। उनीहरू आफ्नो घर (क्षेत्र)-मै बसेर केही गर्नसकेका छैनन्। तर मैले दिल्लीमा बसेर पनि आफ्ना जनताका लागि धेरै कार्य गरिसकेको छु।’

बिष्टले यस सन्दर्भमा राज्यका सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसमाथि कटाक्ष गरेका छन्। उनका अनुसार तृणमूल कङ्ग्रेसले आफ्नो कमी कमजोरी र विफलतालाई लुकाउनका लागि यस्ता तुच्छ राजनीति गरिरहेको छ।

उनले भने, ‘केन्द्रद्वारा पठाइएको अन्तर्मन्त्रालय केन्द्रिय टोलीले बङ्गालमा जनसङ्ख्याको आधारमा कम टेस्ट भइरहेको, भारतमै सर्वाधिक मृत्यु दर रहेको पत्तो लगाएको छ। यसैगरी टोलीले बङ्गालमा  लकडाउन पूर्ण रूपमा पालन गर्न असफल बनेको, कोरोना वारियर्सहरूलाई सुरक्षा उपकरण प्रदान गर्न विफल बनेको साथै राज्यवासीलाई सुरक्षित राख्न असक्षम बनेको खुलासा गरेको छ। तर, किन हाम्रो क्षेत्रका सत्तारूढ़ पार्टीका विधायक र मन्त्रीहरू यस्तो गम्भीर लापरबाहीमाथि किन चुपचाप छन्? उनीहरूको मौनतामाथि किन कोही बोल्दैनन्। उनीहरू जनताप्रति कि आफ्नो पार्टीमाथि इमानदार छन्?’

अर्कोतिर उत्तर बङ्गालकै सबै कोरोना सङ्क्रमित मानिसहरूलाई सिलगढ़ीमा उपचारहेतु ल्याइएको सम्बन्धमा पनि सांसद राजु बिष्टले प्रश्न गरेका छन्।

उनका अनुसार अहिलेसम्म दार्जीलिङ पहाड़मा तराईमा राज्य सरकारले एउटा पनि कोभिड अस्पतालको रूपमा रूपान्तर गर्नसकेको छैन।

यसैगरी सांसद बिष्टले लकडाउनका कारण देशका विभिन्न प्रान्तमा अड़्केर बसेका मानिसहरूलाई घर फर्काइल्याउन र चियाश्रमिकहरूको वेतन भुक्तानीका लागि राज्य सरकारले के कस्ता कार्य गरिरहेको छ भन्ने थप प्रश्न गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here