
नयाँ दिल्ली, 7 मईः पहलगाम आतङ्की हमलाको बद्ला लिँदै भारतले पाकिस्तान र पाकिस्तान अकोपाइड् कश्मिरमा रहेका आतङ्की अड्डाहरूमा हमला गरेको छ ।
मध्यराति लगभग 1:05 देखि 1ः30 बजेभित्र भारतले पाकिस्तानका आतङ्की अड्डाहरूमा एयरस्ट्राइक गरेको हो । यस हमलामा जैश ए-मोहम्मद, जैश-ए-मोहम्मद र र हिज्बुल मुजाहिदीनका आतङ्की अड्डा तहसनहस भएको बताइएको छ ।
भारतले पाकिस्तान र पाकिस्तान अकोपाइड् कश्मिरका विभिन्न स्थानमा रहेका कुल नौवटा आतङ्की अड्डामा बम बर्षाएको थियो ।
भारतका तीनै सेनाका यो संयुक्त अपरेसनलाई अपरेसन सिन्दुरको नाम दिएको छ ।
भारतले स्पष्ट भनेको छ – केवल आतङ्की अड्डाहरूमा हमला गरिएको छ, पाकिस्तानको सैनिक छाउनीलाई निशाना बनाइएको छैन ।