कालेबुङमा थप ६ जना कोरोना सङ्क्रमित, कुल सङ्ख्या ११ पुग्यो

0
1085

कालेबुङ, ७ जूनः पछिल्लो केही दिनयता कालेबुङमा पुनः कोरोना सङ्क्रमण बढ़ेको छ।

आइतवार मात्र कालेबुङ जिल्लाका विभिन्न क्षेत्रमा गरी कोरोना सङ्क्रमणका ६ नयाँ मामिला प्रकाशमा आएको छ।

कालेबुङकी जिल्लाशासक आर विमलाले पनि आज कालेबुङमा नयाँगरी थप ६ जना कोरोना सङ्क्रमित पाइएको पुष्टि गरेकी छन्।

जानकारीका अनुसार आज पाइएका कोरोना सङ्क्रमित ६ जनाकै  ट्राभल हिस्ट्री दिल्ली रहेको छ। उनीहरू सबै कालेबुङ खण्ड १ र २ अधीनस्थ पेदोङ, निम्बोङ र समथारनिवासी रहेको बताइएको छ।

पछिल्लो ३१ मई र १ जूनका दिन उनीहरूको स्वाबको नमूना सङ्ग्रह गरी टेस्टका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरीमा पठाइएको थियो भने आज उनीहरू सबैको टेस्ट पोजिटिभ आएको हो।

प्राप्त जानकारीका अनुसार हिजो बेङ्ग्लुरुबाट घर फर्केका गोरुबथान खण्डअन्तर्गत कुमाई ग्राम पञ्चायतनिवासी एक ३० वर्षीय युवकको शरीरमा पनि कोरोना सङ्क्रमण पाइएको थियो।

उनलाई आजै उपचारका लागि डा. च्याङ सुपर स्पेशअलिटी अस्पताल सिलगढ़ी लगिएको छ।अर्कोतिर थप ६ नयाँ मामिला थपिएपछि कालेबुङ जिल्लामा कोरोना सङ्क्रमित कुल सङ्ख्या ११ पुगेको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here