दार्जीलिङमा पाँचजना कोरोना सङ्क्रमित

0
1221

दार्जीलिङ, ७ जूनः दार्जीलिङमा पाँचजना कोरोना सङ्क्रमित पाइएको छ।

जानकारीका अनुसार उनीहरू सबै बाहिरबाट दार्जीलिङ फर्केका हुन्। कोरोना सङ्क्रमित पाइएकाहरूमध्ये दुईजना तीनजना युवक र दुई युवती छन्।

जानकारीका अनुसार रङ्मुक बगलधुरानिवासी २० वर्षीय युवती, दार्जीलिङ गान्धी रोडनिवासी ३४ वर्षीय युवक,  दार्जीलिङ मूलडाँड़ानिवासी ३१ वर्षीय युवक, तकभरनिवासी २२ वर्षीय युवक र घूमनिवासी २३ वर्षीय युवतीको टेस्ट रिपोर्ट पोजिटिभ आएको छ। उनीहरू सबैको रिपोर्ट हिजो आएको हो।

दार्जीलिङका जिल्लाशासक एस. पन्नामबालमले पनि यस कुराको पुष्टि गरेका छन्। जिल्लाशासकका अनुसार नक्सलबारी क्षेत्रमा पनि थप तीनजना कोरोना सङ्क्रमित पाइएको छ।

अर्कोतिर, सङ्क्रमित पाइएका पाँचैजनालाई उपचारका लागि सिलगढ़ी मतिगढ़ास्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा लगिएको छ।

उल्लेखनीय छ, दार्जीलिङ महकुमा क्षेत्रमा कोरोना भाइरसको यो पहिलो मामिला हो। यसभन्दा अघि कालेबुङ र खरसाङ क्षेत्रमा कोरोना भाइरसका मामिला प्रकाशमा आए तापनि दार्जीलिङ भने सुरक्षित नै थियो। तर एकैचोटि कोरोना भाइरसका ५ मामिला प्रकाशमा आएपछि शहरवासीमा कोरोना डर बढ़ेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here