पैह्रोले दुई परिवार विस्थापित

0
1208

गान्तोक, 7 जूनः पछिल्ला केही दिनदेखि लगातार भइरहेको वर्षाका कारण पूर्व सिक्किमको लोअर तुमिन बराङ गाउँमा ठूलो पैह्रो जाँदा चार परिवार प्रभावित बनेका छन्।

यस स्थानमा पैह्रो झर्ने क्रम धेरै पुरानो रहे पनि हालै दिनमा पैह्रोले ठूलो रूप लिँदै गएको छ।

स्थानीय जिल्ला पञ्चायत सदस्य हेमराज अधिकारीले दिएको जानकारीका अनुसार तुमिन सेलेनिवासी पुष्पलाल ढकाल र दुर्गानाथ ढकालको घर पैह्रोका कारण चर्किएपछि यी दुई प्रभावित परिवारलाई छेवैमा रहेको कर्मा हिस्से ल्हासोपाको घरमा सारिएको छ।

यसैगरी हेमलाल ढकाल र भानुभक्त ढकालका पशुधन नजिकैको सुरक्षित स्थानमा सारिएको छ।

उनले जानाकारी दिए अनुसार पूर्व जिल्लाका अतिरिक्त जिल्लापाल महकुमा अधिकारी, तिन्तेकका बीडीओ तथा अन्यले प्रभावित क्षेत्रको भ्रमण गरेपछि दुई परिवारलाई चाँड़ै सुरक्षित स्थानमा सार्न निर्देश दिएका थिएका छन्। पैह्रो हेमलाल ढकाल र भानुभक्त ढकालको घरमा पनि असर पारेको छ।

यस पैह्रोका कारण मानिसहरूका कृषि जमिन, अलैंचीबारी तथा गाईवस्तुका लागि लगाइएका गाँसपातको बारीलाई व्यापक क्षति पुगेको छ।

अर्कोतिर, लोअर तुमिन बराङमा पनि यसै पैह्रोले मानिसहरूको कृषि जमिनलाई धेरै क्षति पुर्‍याइसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here