दोहा, 7 जूनः विश्वकप 2022 छनौट खेलमा भारतले आज महत्त्वपूर्ण जीत दर्ता गरेको छ।
कप्तान सुनिल छेत्रीको जोड़ी गोलको मद्दतमा भारतले छनौट म्याचअन्तर्गत दोस्रो चरणको खेलमा बङ्ग्लादेशलाई 2-0-को गोलअन्तरले पराजित गरेको हो।
समूह ‘ई’-मा रहेको भारतको यो पहिलो जीत हो।
यो जीतसँगै 7 खेलमा 6 अङ्कसहित ब्लू टाइगर्स तेस्रो स्थानमा रहेको छ।
भारतले अहिलेसम्म खेलेको 7 खेलमा एक जीतसहित तीन खेल बराबरी खेलेको छ भने तीन खेलमा हार बेहोरेको छ।
कतार दोहाको जस्सिन बीन हमद स्टेडियममा आज राति बेलुकी खेलिएको यो महत्त्वपूर्ण खेलको पहिलो हाफ गोलरहित सकिएको थियो। यद्यपि दोस्रो हाफमा खेलमा सुनिल छेत्रीले 79औं र 92औं मिनटमा गोल गरी टिमलाई महत्त्वपूर्ण जीत दिलाए।
यो खेल विश्वकप छनौट खेल मात्र होइन, तर एएफसी एशिया कप 2023 छनौट खेल पनि हो।