लण्डनमा पढ्ने अवसर पाएकी डिकी छोडेनलाई सरकारबाट सहयोगराशि प्रदान

0
1086
मेधावी विद्यार्थी डिकी छोडेनलाई सहयोग राशि हस्तान्तरण गर्दै मन्त्री के.एन. लेप्चा।

गान्तोक, 7 अगस्तः लण्डनमा उच्च शिक्षा लिने अवसर पाएकी सिक्किमे छोरी डिकी छोडेन भोटियालाई सिक्किम सरकारले वित्तीय सहयोग प्रदान गरेको छ।

शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले आज एउटा विशेष कार्यक्रमबीच उनलाई one time financial assistance-को रूपमा तीन लाख रुपियाँको चेक हस्तान्तरण गरे।

यस अवसरमा सांसद इन्द्रहाङ सुब्बा, शिक्षा विभागका सचिव अनिलराज राई, छात्रवृत्ति, परीक्षा एवं पाठ्यपुस्तक निर्देशक एस.टी. भोटिया र उनकी आमाको विशेष उपस्थिति थियो।

राज्य सरकारको मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजनाअन्तर्गत मध्य प्रदेशको ग्वालियरस्थित सिन्धिया कन्या विद्यालयबाट हालै कक्षा बाह्रौंसम्मको अध्ययन पूरा गरी क्वीन मेरी युनिभर्सिटी अफ् लण्डनमा आफ्नो उच्च शिक्षा पूरा गर्ने अवसरसँगै छात्रवृत्ति प्राप्त गरेकी छन्।

लण्डन जाने र विश्वविद्यालयमा भर्नाको क्रममा हुने शुरूआती खर्चस्वरूप एक मुष्ठ खर्च सरकारले प्रदान गरेको हो।

उनले बाह्रौं श्रेणीको बोर्ड परीक्षामा 95.4 प्रतिशत अङ्क प्राप्त गरेकी छन्। लण्डनमा उनले बी.एस.सी. साइकोलोजी अध्ययन गर्नेछन्।

पिता माता पिञ्छो ल्हमु भोटिया र  पिता स्वर्गीय के. जे. भोटियाकी छोरी डिकी छोडेन मूल रूपमा उत्तर सिक्किमको रमथाङ निवासी हुन्। उनले आफूलाई यसरी सहयोग प्रदान गरिएकोमा राज्य सरकारप्रति कृतज्ञता प्रकट गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here