टोक्यो, 7 अगस्तः भारतका जेवलिन थ्रोवर नीरज चोपडाले टोक्यो ओलम्पिकमा गोल्ड जितेर कीर्तिमान बनाएका छन्।
यसका साथै उनी एथ्लेटिक्समा गोल्ड जित्ने पहिलो भारतीय खेलाड़ी बनेका छन्।
नीरजले फाइनलमा 87.58 मिटर टाढ़ा भाला फ्याँक्दै गोल्ड जितेका हुन्।
86.67 मिटर टाढ़ा भाला फ्याँक्दै चेक रिपब्लिकका जाकुब भेदलेचले रजत तथा 85.44 मिटर टाढ़ा भाला फ्याँक्दै चेक रिपब्लिककै भितेस्लाव भेसेलीले कांस्य पदक जिते।
नीरजले छनौट चरणमा 86.65 मिटर टाढ़ा भाला फ्याँक्दै आफऱ्नो समूहमा शीर्षमा रहेका थिए।
आजै कुस्तीमा बजरङ्ग पुनियाले कांस्य पदक जितेका थिए। उनले 65 किलोग्राम वर्गको फ्रिस्टाइल खेलमा कांस्य जितेका हुन्।
यसका साथै भारतले टोक्यो ओलम्पिकमा सात पदक जितेका छन्।