सिबिटारको 12 नम्बर गाउँमा 13 जना कोरोना सङ्क्रमित

0
1136

खरसाङ, 7 सेप्टेम्बरः  खरसाङ महकुमाअन्तर्गत सिबिटार चियाबगानको 12 नम्बर गाउँमा आज 13 जना कोरोना सङ्क्रमित पाइएको छ।

उनीहरू सबैको आज रेपिड एन्टिजेन टेस्ट गरिँदा टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।

उल्लेखनीय छ, पछिल्लो शुक्रबारका दिन यसै गाउँका एकजनाको कोरोना टेस्ट पोजिटिभ सङ्क्रमित रहेको पुष्टि भएपछि उनको प्राथमिक सम्पर्कमा आएका कुल 99 जनाको आज रेपिड एन्टिजेन टेस्ट गरिएको हो। यी 99 जनामध्ये 13 जना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

जानकारीका अनुसार कोरोना सङ्क्रमित पाइएकाहरूमध्ये एकजना दुई वर्षका बालक पनि छन्।

सङ्क्रमित सबैलाई होम आइसोलेशनमा राखिने बताइएको छ।

यसैबीच, महानदी सब-सेन्टरकी एएनएमआर विशाखा छेत्रीले बताएअनुसार आज कोरोना सङ्क्रमित पाइएकाहरू 17 दिनसम्म होम आइसोलेशनमा रहेपछि पुनः अर्को टेस्ट गरिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here