राष्ट्रिय पोषण महिना पालन

0
1497

गान्तोक, 7 सेप्टेम्बरः सिक्किम सरकारको सामाजिक न्याय एवम् कल्याण विभागले आज आफ्नो मुख्यालयमा राष्ट्रिय  पोषण महिना पालन गऱ्यो।

सूचना तथा जनसम्पर्क विभागका सचिव सुश्री नम्रता थापा मुख्य अतिथि रहेको कार्यक्रममा विभागका प्रधान निर्देशक फुचुङ भोटिया र अन्य अधिकारीवर्गको उपस्थिति थियो।

पोषण महिनासम्बन्धी जन सहभागितालाई प्रोत्साहित गर्नु तथा विशेष शिशु अनि महिलाहरूमा कुपोषणको नकारात्मक प्रभावहरूबारे जानकारी गराई उनीहरूको स्वास्थ्य अनि पोषण आहार सुनिश्चित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

मुख्य अतिथि सुश्री थापाले मानिसहरूको जीवनमा स्वास्थ्य महत्वपूर्ण रहेको बताउँदै स्वस्थ रहनको निम्ति पोषणयुक्त खानपानलाई बढ़ी महत्त्व दिनुपर्ने बताइन्।

कार्यक्रमलाई विभागका प्रधान निर्देशक फुचुङ भोटियाले पनि सम्बोधन गरेका थिए।

यसैगरी दक्षिण सिक्किमको नाम्चीमा पनि राष्ट्रिय पोषण महिना पालन गरियो।  जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक कार्यक्रमबीच नाम्चीका महकुमा अधिकारी चिरण रिजाल मुख्य अतिथि थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here