विमल-रोशनलगायत अन्यहरूको मुद्दाको सुनवाइ शुरु

0
3412
कलकत्ता उच्च न्यायालय (फोटो -इन्टरनेट)।

खरसाङ, ७ नोभेम्बर: गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीसहित अन्यहरूको अग्रिम जमानतका लागि कलकत्ता उच्च न्यायालयमा बिहीवारदेखि सुनवाइ शुरु भएको छ।

जानकारीका अनुसार कलकत्ताका उच्च न्यायालयको स्पेशल बेञ्चमा सुनवाइ शुरु भएको छ। बचाउपक्षका उकिल आनन्द भण्डारीका अनुसार आज विमल गुरुङ र रोशन गिरीका १२६ लम्बित मुद्दालगायत अन्यहरूका ३१ मुद्दा गरी कुल १५७ मुद्दाको सुनवाइ आजदेखि शुरु भएको हो।

जानकारीका अनुसार यी उल्लिखित मुद्दाहरूको सबै केस डायरी नआइपुगेकोले सरकारपक्षले थप समय मागेकोले न्यायालयले १० दिनको समय दिएको छ। यसैले अब यी मुद्दाहरूको सुनवाइ फेरि १९ नोभेम्बरको हुनेछ।

जानकारीका अनुसार त्यसदिन अपराह्न ३.३० बजेदेखि यी मुद्दाहरूको सुनवाइ हुनेछ। उल्लेखनीय छ, विमल-रोशनमाथि लागेको १२६ मुद्दालगायत अन्यहरूका केही मुद्दाहरूको सुनवाइ जलपाइगढ़ी सर्किट बेञ्चमा केही महिना अघि शुरु भएको थियो।

तर, सर्किट बेञ्चमा सुनवाइ लगातार रूपमा हुननसकेपछि बचाउपक्षले यो सुनवाइ कलकत्ता उच्च न्यायालयमा हुनुपर्ने माग गरिएपछि यहाँ सारिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here