किशोरी विद्यार्थीसँग दुष्कर्म गर्ने दुई आरोपी पक्राउ

0
1174

सिलगढ़ी, 7 नोभेम्बर: पछिल्लो सोमवार राति एक 14 वर्षीय छात्रासँग दुष्कर्म गर्ने मुख्य आरोपी अटो चालक र एक अन्यलाई मतिगढ़ा पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम शीष राय र रजत विश्वास रहेको पुलिसले बताएको छ।

मतिगढ़ा पुलिसका अनुसार दुवैलाई हिजो अर्थात् बुधवार पक्राउ गरिएको हो। आज उनीहरूलाई सिलगढ़ी अदालतमा प्रस्तुत गरिएको हो। जानकारीका अनुसार अदालतले दुवै आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ।

यसभन्दा अघि  अदालत परिसरमा दुवै आरोपीलाई देखेपछि आक्रोशित बनेका पीड़ित परिवार र अन्यहरूले कुटपिट गर्ने कोशिश गरेका  थिए।

जसै पुलिस वाहनबाट आरोपीद्वयलाई अदालतमा लैजानका लागि बाहिर निकालिएको थियो, अघिबाटै आक्रोशित भई बसेका पीड़ित परिवार र अन्य ती दुई आरोपीविरुद्ध जाइलागेका थिए। यद्यपि पुलिसको सतर्कताले दुष्कर्मका दुवै आरोपी धुलाई खानबाट जोगिएका थिए।

उल्लेखनीय छ, बाघडुग्रास्थित एक सरकारी विद्यालयकी 14 वर्षीय छात्रा आफ्ना 10 वर्षीय भाइ र अन्य साथीहरूसँग सोमवार सिटी सेन्टर घुम्न आएकी थिइन्। घर फर्किनका लागि सिटी सेण्टरनजिक बस पर्खिरहेको बेला एक अटो ड्राइभरलाई उनीहरूलाई चढ़न भनेपछि उक्त अटो चढ़ेको पीड़ित छात्राले बताएका थिइन्।

पीड़ितका अनुसार ती अटो ड्राइभर र अन्यले मतिगढ़ा चियाकमान लगेर उनीसँग दुष्कर्म गरेका थिए। बिहानले पीड़ित छात्राले आफूसँग भएको कुकृत्यबारे परिवारलाई जानकारी गराएपछि परिवारले मङ्गलवार बिहान मतिगढ़ा थानामा लिखित उजुरी दर्ता गरेका थिए। त्यसपछि पुलिसले आरोपीहरूलाई खोजिरहेको थियो। जसको फलस्वरूप पुलिसले दुई आरोपीलाई हिजो पक्राउ गरेको हो।

“हामी हिजो राति सिटी सेन्टरनजिक बस पर्खेर बसिरहेका थियौं। त्यसैबेला एउटा अटो आएर हाम्रोअघि रोकियो। अटो ड्राइभरले हामीलाई अटोमा चढ़्न भनेपछि हामी चढ़्यौं”, पीड़िताले त्यसबेला भनेकी थिइन्, “केही पर पुगेपछि मेरा अन्य साथीहरूलाई अर्कै अटोमा जान भनी ओराले। त्यसपछि म र मेरा भाइलाई मतिगढ़ा चियाकमानमा लिएर गए।”

पीड़िताका अनुसार ती अटो ड्राइभर त्यहाँ नै उनीसँग दुष्कर्म गरेको हो। यसैबीच, पीड़ित छात्राको  मेडिकल जाँच गरिँदा दुष्कर्म गरिएको पुष्टि भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here