भाजपाले भोलि डाक्यो 12 घण्टे उत्तर बङ्गाल बन्द

0
1188

सिलगढ़ी, 7 दिसम्बरः भारतीय जनता पार्टीले भोलि अर्थात् 8 दिसम्बरका दिन 12 घण्टे उत्तर बङ्गाल बन्द डाकेको छ।

आज भारतीय जनता युवा मोर्चाको उत्तरकन्या अभियानअवधि भाजपा कार्यकर्ताहरूमाथि पुलिसले गरेको बर्बरतापूर्ण कारबाही र पुलिसको कारबाहीमा भाजपा कार्यकर्ताको मृत्यु भएको आरोप लगाउँदै यसैको प्रतिवादमा भाजपाले भोलि 12 घण्टे बन्द डाकेको हो।

उल्लेखनीय छ, आज भारतीय जनता युवा मोर्चाको उत्तरकन्या अभियानलाई केन्द्र गरी भाजपा कार्यकर्ताहरू र पुलिसबीच झड़प भएको थियो। सिलगढ़ीको फूलबारी र तीनबत्ती मोड़मा यो झड़प भएको हो, जसका कारण आज दिनभरि सिलगढ़ीको वातावरण तनाउपूर्ण बनेको थियो।

अर्कोतिर भोलि बेलुकी भाजपाले बङ्गालभरि ममबत्ती ऱ्याली निकाल्ने पनि बताइएको छ।

स्मरणरहोस्, भोलि नै देशका किसानहरूले केन्द्र सरकारको किसानविरोधी नीतिको विरोधमा भारत बन्द डाकेको छ। यसैले यी दुई बन्दका कारण उत्तरबङ्गाल पूर्ण रूपमा ठप्प रहने सम्भावना छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here