दार्जिलिङ, ७ दिसम्बरः गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले छुट्टै राज्य गोर्खाल्यान्डका लागि गरिरहेको धर्नामा भाजपा सांसद राजु विष्ट पनि पुगेका छन्।
केही समयअघि उनी धर्नास्थलमा पुगेका हुन्।
जानकारीका अनुसार केही क्षणपछि सांसद विष्टले धर्नालाई सम्बोधन पनि गर्नेछन्।
उल्लेखनीय छ, गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले गोर्खाल्यान्ड गठनका लागि केन्द्र सरकारमाथि चाप सृष्टि गर्न जन्तरमन्तरमा आयोजन गरेको धर्नाको आज दोस्रो तथा अन्तिम दिन हो।