दार्जिलिङ, ७ दिसम्बरः अजय एड्वर्ड्सनेतृत्व हाम्रो पार्टीलाई जनसमर्थन प्रतिदिन जुटिरहेको छ।
अहिलेघरी पहाड़का विभिन्न स्थानका मानिसहरू हाम्रो पार्टीमा सामेल भइरहेका छन्।
आज पनि दार्जिलिङ र मिरिक क्षेत्रका विभिन्न स्थानबाट २०० भन्दा बढ़ी मानिस हाम्रो पार्टीमा सामेल भएको दावी गरिएको छ।
त्यसैगरी तराईबाट आदिवासी समूहका करिब २५ जना युवक-युवतीले पनि अजय एड्वर्ड्सको पार्टीलाई समर्थन गरेको बताइएको छ।
अर्कोतिर, हाम्रो पार्टीले जनसमर्थन कार्यक्रमसँगसँगै विरामीहरूलाई सहयोग गर्ने कार्यलाई पनि उत्तिकै निरन्तर दिइरहेको छ।
स्मरणरहोस्, करिब तीन महिनाअघि गोरामुमो छाड़ेका अजय एड्वर्ड्सले पछिल्लो २५ नोभेम्बरका दिन मिरिकबाट आफ्नो पार्टीको नाम घोषणासँगै झण्डा सार्वजनिक गरेयता प्रतिदिन जनसमर्थन पाइरहेका छन्।