ममताको धरना उपस्थित हुने अधिकारीहरू कारबाहीमा पर्ने!

0
1223
फाइल फोटो (फोटो साभार : इन्टरनेट)

नयाँदिल्ली, 8 फरवरी : पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग धरनामा बस्ने पुलिस अधिकारीहरूविरुद्ध कारबाहीको प्रक्रिया शुरु गरिएको छ।

धरनामा सामेल अधिकारीहरूको मेडल फिर्ता लिनसक्छ। यसका साथै उनीहरूलाई केन्द्रमा प्रतिनियुक्तिबाट पनि रोक लगाइने सम्भावना छ। उल्लेखनीय छ, गृह मन्त्रालयले पश्चिम बङ्गाल पुलिसका पाँच अधिकारीहरूलाई चिन्हित गरेको छ, जो मुख्यमन्त्रीसँग धरनामा बसेका थिए।

धरनास्थलमा पुगेका 1985 ब्याचका आईपीएस डीजीपी वीरेन्द्र,  1994 ब्याचका आईपीएस एडीजीपी विनीत कुमार गोयल, 1991 ब्याचका एडीजी (कानून-व्यवस्था) अनुज शर्मा र  1997 ब्याचका  आईपीएस एडिशनल पुलिस कमिश्नर सुप्रतिम दरकारलगायत सन् 1993 ब्याचका आईपीएस पुलिस कमिश्नर ज्ञानवंत सिंह धरनास्थलमा पुगेका थिए।

गृह मन्त्रालयले बिहीबार यी अधिकारीहरूविरुद्ध कारबाही गर्ने बताएको छ। मन्त्रालयका अनुसार उल्लेखनीय सेवाका  लागि प्रदान गरिएको मेडल फिर्ता लिने बताएको छ।

मन्त्रालयको सूत्रका अनुसार यी अधिकारीहरूलाई कुनै पनि केन्द्रिय प्रतिनियुक्तिबाट प्रतिबन्धित पनि गर्न सकिन्छ। मन्त्रालयको तर्फबाट अधिकारीहरूलाई आफ्नो ड्यूटीअवधि डेकोरम मेण्टेन गर्न भनेको छ।

उल्लेखनीय छ,  केन्द्र सरकारको तर्फबाट पश्चिम बङ्गाललाई अघिबाटै कोलकाता पुलिस कमिश्नरविरुद्ध अनुशासनात्मक कारबाहीका लागि चिट्ठी लेखिसकेको छ।

गृह मन्त्रालयले पश्चिम बङ्गाल सरकारलाई 4 फरवरीको दिन दिन धरनामा अधिकारीहरूविरुद्ध अल इण्डिया सर्भिसेज (कण्डक्ट) रूल्सअन्तर्गत कारबाही गर्न भनेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here