सिब्सुका शहीदहरू जीटीएका लागि भएका थिएनन् : विनय

0
1695
सिब्सुमा शहीदहरूप्रति श्रद्धाञ्जली चढ़ाउँदै विनय तामाङ।

कालेबुङ, 8 फरवरीः छुट्टै राज्य गोर्खाल्याण्डका लागि आफ्नो प्राणको बलिदान दिने शहीदहरूको सपनालाई आफ्नो प्राण नै दिएर पनि पूरा गर्ने दाबी  गोर्खा जनमुक्ति मोर्चा (दोस्रो)-का अध्यक्ष विनय तामाङले गरेका छन्।

उनले सिब्सुमा आयोजित बलिदान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।

त्यहाँको शहीदवेदीतिर फर्केर विनयले भने, “आज बलिदान दिवसको उपलक्ष्यमा शहीद वेदीअघि उभेर तपाईंहरूअगाड़ि प्रण गर्छु, शहीदहरूले देखेका सपनालाई म  प्राण दिएर भए पनि पूरा गर्नेछु।”

यसअवधि उनले श्रमिक आन्दोलन, भाषा आन्दोलन र गोर्खाल्याण्ड आन्दोलनमा भएका शहीदहरूलाई सम्झिए। यसका साथै विनयले 86-को आन्दोलनमा 12 भन्दा धेरै गनेर  गनिनसक्नु शहीद भएको दाबी गरे।

त्यसैगरी 2007 यता विमल गुरुङको नेतृत्वमा भएको गोर्खाल्याण्डको आन्दोलनमा 17 जना शहीद भएको बताए।

“86 पछि हेर्नु हो भने सबैले शहीदको रोयल्टी खाएर बाँचिरहेका छन्”, उनले थपे,“अहिलेसम्म हाम्रा शहीदहरूको सही मूल्याङ्कन भएको छैन। शहीद शब्द अहिले राजनीतिक पार्टीहरूका लागि बाँची मागे शब्द भएको छ।”

उनले शहीद कसैको पेवा नभएर सबैको रहेको बताए।

अर्कोतिर, आफ्नो पार्टीले आयोजन गरेको बलिदान दिवसमा अन्य पार्टीकाहरू नदेखेकोमा विनयले दुःख प्रकट गरे। “यो कुनै पार्टीको बलिदान दिवस दिएन, तर जातिको बलिदान दिवस थियो”, उनले थपे, “पार्टी हेर्नु हुँदैन। यसको आयोजन मात्र हाम्रो 43, 44 र 45 नम्बर समष्टिले गरेको हो। तर यो शहीद वेदी सबैका लागि थियो।”

यसअवधि तामाङले नाम नलिइकनै विमलपन्थी मोर्चामाथि तीखो शब्दमा कटाक्ष पनि गरे।

विनयले भने, “अघि बिहान दुई-चारजना कालेबुङ र डुवर्सबाट सुटुक्कै आएर खदा लगाएर गएछन्। शहीदलाई सुटुक्कै आएर श्रद्धाञ्जली अर्पण गर्नु हुँदैन। छाती ठूलो राखेर गर्नुपर्छ। तपाईंहरू आएर गर्दा हामी केही भन्ने थिएनौं। किनभने तपाईंहरू पनि गोर्खा जाति हुनुहुन्छ। तपाईंहरूलाई पनि गोर्खाल्याण्ड चाहिन्छ।”

उनले थपे, “अस्तिसम्म 8 फरवरीको दिन अडियो र भिडियोमा दीयो बत्ती बाल्ने आज देखिएन। सायद बेलुकी आउँछन् होला। यति छिट्टो शहीदहरूलाई बिर्सिनु हुँदैन।”

यसअवधि उनले विमल गुरुङको तीखो आलोचना गरे। यद्यपि नाम भने लिएन।

“2011 मा पनि 6 महिनापछि नै बिर्सेका थिए। 8 फरवरीका दिन यहाँ बीभत्स घटना भएको विमला, बिक्की र नीता त्यस घटनामा शहीद भए”, विनयले भने।

तर 6 महिना नबित्दै   तत्कालीन गोर्खा आन्दोलनका नेतृत्वले जीटीएमा सम्झौता गरेको उनले बताए।

“8 फरवरी 2011 का दिन यहाँ शहीद जीटीएका लागि भएका थिएनन। नेताहरूको प्रवृत्ति यस्तै हुन्छ”, उनले भने।

आफ्नो सम्बोधनअवधि उनले विमल गुरुङले मात्र होइन तर सुवास घिसिङले पनि गोर्खाल्याण्ड आन्दोलनअवधि भूल गरेर दागोपाप थापेको बताए। यसभन्दा अघि उनीहरूलगायत उनको पार्टीका पदाधिकारी र कार्यकर्ताहरूले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here