विष्ट एन्ड टिम पुगे ओदलाबारी, स्वतन्त्र र निष्पक्ष जाँच गर्न एसआईटी गठन गर्नुपर्ने माग

0
989

सिलगढी, ८ फरवरीः डुवर्सकी गोर्खा छोरी सान्विका (परिवर्तित नाम)-माथि भएको जघन्य अपराधको स्वतन्त्र र निष्पक्ष जाँच गर्न विशेष अनुसन्धान टोली (स्पेशल इन्भेस्टिगेसन टिम) गठन गरिनुपर्ने माग दार्जिलिङका सांसद राजु विष्ट गरेका छन्।

पीडित किशोरी र उनका परिवारलाई न्याय दिलाउन र कानूनमाथि जनताको विश्वास पुनर्स्थापित गर्न विशेष अनुसन्धान टोली गर्नुपर्ने उनको भनाइ छ।

यति मात्र होइन, यस जघन्य अपराधमा संलग्न रहेकाहरूलाई पक्राउ गर्न पश्चिम सरकारले देखाएको निष्क्रियतामाथि पनि राजु विष्टले दुःख व्यक्त गरे।

उनका अनुसार नारी नै मुख्यमन्त्री रहेको राज्यमा नारीहरू नै असुरक्षित हुनु अत्यन्त दुःखद कुरा हो।

आज सांसद राजु विष्ट डुवर्सस्थित ओदलाबारीको मानाबारी पुगेर शोकाकुल परिवारलाई समवेदना प्रकट गरे। साथै पीडित परिवारलाई आफ्नो ऐक्यबद्धता र समर्थन रहेको पनि उनले जनाए।

यसअवसरमा विष्टसँगै जलपाइगढीका सांसद जयन्त राय, कालचिनीका विधायक विशाल लामा, भाजपा दार्जिलिङ जिल्लाका अध्यक्ष कल्याण देवान भाजपा जलपाइगढ़ी जिल्लाका अध्यक्ष बापी गोस्वामीलगायत अन्य पनि मानाबारी पुगेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here