फेमिली सेलुनको नाममा देह व्यापारको धन्धा, 18 जना पक्राउ

0
1033
साङ्केतिक फोटो।

कोलकाता, 8 मार्च : फेमिली सेलुनको नाममा देह व्यापारको धन्धा चलाइरहेको एक गिरोहलाई पुलिसले प्रमाणसहित समातेको छ। पक्रा पर्नेहरूमा 9 जना ग्राहक, 7 यौनकर्मी, एक म्यानेजर र एक सञ्चालक छन्।

यो घटना टलिगञ्ज क्षेत्रको महाराजा नन्द कुमार रोडस्थित एक फेमिली सेलुनको हो। पुलिस सूत्रका अनुसार गोप्य सूचनाको आधारमा छापामारी अभियान चलाउँदा सेलुनको नाममा देह व्यापारको धन्धा चलिरहेको भण्डाफोर भएको हो।

यो सेलुनमा धेरै समयअघि देह व्यापारको धन्धा चलिरहेको बताइएको छ।

यो धन्धाबारे गोप्य सूचना प्राप्त भएपछि लालबजारको एन्टी ह्युमन ट्राफिकिङ युनिट (एएसटीयू)-को टीम वेश बद्लेर त्यहाँ पुग्यो। र यो गिरोहलाई प्रमाणसहित पक्राउ गऱ्यो। जानकारीका अनुसार पछिल्लो तीन-चार महिनाअघि उक्त सेलुनमा देह व्यापारको धन्धा चलाइरहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here