दिलकुमारी भण्डारी ‘गोर्खा नारी गौरव सम्मान’-द्वारा सम्मानित

0
2320

सिलगढ़ी, 8 मार्चः गोर्खा जाति, भाषा र समाजका लागि उल्लेखनीय र अनुकरणीय योगदान दिएकी भाषा सङ्ग्रामी एवं पूर्व सांसद दिलकुमारी भण्डारीलाई आइतवार भारतीय गोर्खा महिला परिसङ्घले  ‘गोर्खा नारी गौरव सम्मान’-द्वारा सम्मानित गरेको छ।

अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज भारतीय गोर्खा परिसङ्घले सिलगढ़ीस्थित महकुमा परिषदमा आयोजित एक कार्यक्रम आयोजन गरी उनलाई यस सम्मानद्वारा सम्मानित गरेको हो।

भारतीय गोर्खा महिला परिसङ्घले गोर्खा जाति, भाषा साहित्य, संस्कृति र समाजका लागि विशिष्ट र उल्लेखनीय योगदान पुर्‍याउने एक गोर्खा नारीलाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतिवर्ष ‘गोर्खा गौरव नारी सम्मान’-द्वारा सम्मानित गर्ने  निर्णय गरेवापत आज भाषा सङ्ग्रामी एवं पूर्व सांसद दिलकुमारी भण्डारीलाई यस सम्मानद्वारा सम्मानित गरिएको हो।

राष्ट्रियस्तरमा आयोजित यस कार्यक्रमलाई महिला परिसङ्घकी  राष्ट्रिय संयोजिका डा. पुनम सुब्बाले अध्यक्षता गरेकी थिइन्।

नारी सम्बन्धित वार्ता, कविता र नाटक पनि प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न ठाउँबाट भारतीय गोर्खा महिला परिसङ्घका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्मरण रहोस्, भारतीय गोर्खा परिसङ्घकी संस्थापक अध्यक्ष रहेकी दिलकुमार भण्डारीको अर्को ठूलो योगदान भनेको शहीद मेजर दुर्गा मल्लको सालिक संसद भवन परिसरमा स्थापना पनि हो।

उनकै अध्यक्षकालमा भागोपले 2004 मा शहीद मेजर दुर्गा मल्लको सालिक स्थापना गरी गोर्खाहरूले देशका लागि दिएको योगदान र पहिचानलाई उज्यालो बनाउने ऐतिहासिक कार्य गरेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here