अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा शिक्षिका र विद्यार्थी सम्मानित

0
1454

दार्जीलिङ, ८ मार्चः अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजन गरी महारानी कन्या उच्चतर माध्यमिक विद्यालयले सहशिक्षिका सावित्री सार्की र दुई विद्यार्थी क्रमैले सेविका छेत्री र अनिशा थामीलाई सम्मान जनायो।

सामाजिक सेवाका लागि उनीहरूलाई विद्यालयको पक्षबाट आज सम्मान जनाइएको हो।

यसअवसरमा विद्यालयकी प्रधानाध्यापिका उमादेवी छेत्रीले नारी सशक्तिकरण, लैङ्गिक समानता, आत्मसम्मान, हक अधिकारबारे सजगताबारे विद्यार्थीहरूलाई बुझाएकी थिइन्।

उनले अन्तर्राष्ट्रिय नारी दिवसको शुरूआत, यसको पृष्ठभूमि, औचित्य र उद्देश्यबारे संक्षिप्तमा जानकारी गराउँदै आफ्ना हक-अधिकार र सम्मानका लागि सन् 1908-मा न्युयोर्कमा एकत्रित नारीहरूकै चेतनाकै बीज महारानी कन्या उच्चतर माध्यमिक विद्यालय रहेको पनि बताइन्।

उनका अनुसार जुन वर्ष न्युयोर्कमा नारीहरू आफ्ना हक हित, अधिकार र सम्मानका जुटेका थिए, त्यसै वर्ष विदूषी श्रीमती हेमलता सरकारले महारानी कन्या उच्चतर माध्यमिक विद्यालयको स्थापना गरेकी थिइन्। किनभने उनी तत्कालीन समाजका शिक्षित महिला मात्र थिइन्, तर नारीहरूको हक-अधिकार र सम्मानप्रति उतिक्कै जागरूक पनि थिइन्।

आजको कार्यक्रममा विद्यालयका शिक्षिकागण र विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here