कोलकाता, ८ मार्चः भाजपाले बङ्गाल विधानसभा चुनाउका लागि उम्मेदवारहरूको दोस्रो सूची जारी गऱ्यो।
यद्यपि आज जारी गरिएको दोस्रो सूचीमा केवल एकजना उम्मेदवारको नामको मात्र घोषणा गरेको छ।
आज घोषणा गरिएको नाम कमलाकान्त हांसदा हो। भाजपाले उनलाई पुरुलिया जिल्लाको काशीपुर विधानसभा सिटबाट उम्मेदवार बनाएको छ।
केन्द्रिय चुनाउ समितिद्वारा उनको नामलाई स्वीकृति दिएपछि भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले यसको घोषणा गरेका हुन्।
पुरुलिया जिल्लामा पहिलो चरण अर्थात् 27 मार्चका दिन मतदान हुनेछ।
उल्लेखनीय छ, यसभन्दा अघि ६ मार्चका दिन भाजपाले बङ्गाल चुनाउका लागि पहिलो र दोस्रो चरणका गरी कुल 56 उम्मेदवारको नामको सूची जारी गरेको थियो।
पहिलो र दोस्रो चरणमा गरी कुल 60 विधानसभा आसनमा चुनाउ हुनेछ। यीमध्ये एक सिट आफ्नो सहयोगी दल आजसूलाई छोड़ेको छ।
आजसूलाई दिएको सिटलाई छोड़ेर कुल 59 मध्ये 57 सिटमा अहिलेसम्म भाजपाले आफ्ना उम्मेदवारको घोषणा गरेको छ। अझै दुई सिटमा आफ्नो उम्मेदवारको घोषणा गर्नु बाँकी छ, जसमा एउटा सिट खड़गपुर सदर पनि सामेल छ।
यो सिटमा प्रदेश भाजपा अध्यक्ष एवं सांसद दिलीप घोषलाई उम्मेदवार बनाउने सम्भावना धेरै छ।