दार्जीलिङमा तृणमूल र भाजपाले षड़यन्त्र गरिरहेका छन् : कङ्ग्रेस

0
1151
प्रदेश कङ्ग्रेस अध्यक्ष सोमेन मित्रा (फाइल फोटो)।

सिलगढ़ी,  8 अप्रेल : केन्द्रको भाजपा र राज्यको तृणमूल सरकार दुवै दार्जीलिङ पहाड़मा षड़यन्त्र गरिरहेको आरोप कङ्ग्रेसले लगाएको छ। कङ्ग्रेसका अनुसार न केन्द्रको भाजपा  न त राज्यको तृणमूल सरकारले नै साँचो मनले दार्जीलिङको समस्या समाधान गर्न चाहन्छ।

प्रदेश कङ्ग्रेस अध्यक्ष सोमेन मित्रले लगाएको आरोपका अनुसार ममता-मोदी दुवैले दार्जीलिङको समस्यासँग खेल्न काम गर्दैछन्। आइतबार बाघडुग्रामा पत्रकारहरूसँग कुराकानी गर्दै मित्रले यस्तो बयान दिएका हुन्।

ममताले दार्जीलिङको समस्याको स्थायी समाधान गर्ने बताए तापनि दार्जीलिङको समस्या जस्तोको त्यस्तै रहेको उनको भनाइ छ। उनको आरोपअनुसार दार्जीलिङको समस्या समाधान गर्नका सट्टा ममताले अझै यो समस्यालाई गाढ़ा बनाएकी छन्।

यसका साथै उनले दार्जीलिङ पहाड़को समस्याको समाधान केवल कङ्ग्रेसले गर्नसक्ने दाबी गरे। ‘‘दार्जीलिङमा विभिन्न जनजातिका मानिस बस्छन्। ममता ब्यानर्जीले गोर्खाहरूलाई जात जातमा विभाजन गरिन् ’’, ममताप्रति आक्रामक देखिएका प्रदेश कङ्ग्रेस अध्यक्षले थपे, ‘‘विभिन्न जातिको नाममा विकास बोर्ड बनाइन्। यसले दार्जीलिङको समस्या सुल्झिनको सट्टा अझ बढ़्यो।’’

उनले यसबारे भाजपालाई पनि दोष्याए। भाजपाले पनि दार्जीलिङका गोर्खाहरूको भावनालाई खेलाइँची गऱ्यो। पछिल्लो 10 वर्षदेखि दार्जीलिङमा भाजपाका सांसद छन्। उनका अनुसार दार्जीलिङको संसदीय क्षेत्रलाई भाजपा र तृणमूलले राजनीतिक फाइदा उठाउने अखाड़ा बनाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here